दल

ठाकुर पक्षका केन्द्रीय सदस्य तथा नगर प्रमुख चौधरी आधिकारिक जसपामा

इकागज |
भदौ २, २०७८ बुधबार १६:११ बजे

काठमाण्डौ - महन्थ ठाकुर- राजेन्द्र महतो समूहका केन्द्रीय सदस्य मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । काठमाण्डौको कालिकास्थानमा मंगलबार जसपाको जारी दोश्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन् । 

ठाकुर- महतोले छुटै समूह बनाए पनि चौधरी भने साबिककै आधिकारिक जसपालाई रोजेका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 


तत्कालीन राजपा नेपालका केन्द्रीय सदस्य चौधरी लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी संस्कृतिक नगरपालिकाका मेयर हुन् । 

स्थानीय निर्वाचनको बेला तत्कालीन राजपाले चुनाव बहिष्कार गरेपछि नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।


Author

थप समाचार
x