दल

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

इकागज |
भदौ २, २०७८ बुधबार २१:१८ बजे

फोटो : सुसन लामिछाने

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो । 

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले प्रदेश सभा सांसद दीपक निरौलाले शाक्य मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए । ‘अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ,’ निरौलाले भने । 


बागमती प्रदेशमा एमालेको एकल बहुमत छ । १०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद छन् । 
 


Author

थप समाचार
x