दल

जसपाको लुम्बिनी प्रदेशस्तरीय  कार्यक्रम आज भैरहवामा

इकागज |
भदौ १३, २०७८ आइतबार ९:५७ बजे

फाइल तस्बिर

बुटवल - जनता समाजवादी पार्टी (जसपा)  नेपालको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज आइतबार भैरहवामा हुँदैछ । भैरहवाको जनकपथस्थित युनिक बैंक्‍वेटमा मध्यान्ह १२ बजेदेखि हुने अभिमुखीकरण कार्यक्रमलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई,नेताहरु महेन्द्र राययादव र अमृता अग्रहरीले सम्बोधन गर्ने छन् । 

कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश समिति, संघीय परिषद,केन्द्रीय समिति,तिनै तहका जनप्रतिनिधि,जनवर्गीय संगठनका पदाधिकारी र सदस्य लगायतको उपस्थिति रहने पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले बताए । 


पार्टीबाट निश्कासित महन्थ ठाकुर,राजेन्द्र महतो लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि  जसपाले पार्टी विभाजन हुनुको कारण प्रष्ट पार्न र संगठन सुदृढिकरण,अन्य दलबाट पार्टी प्रवेश गराउनका लागि सातवटै प्रदेशमा प्रदेशस्तीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको  जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले बताए ।


Author

थप समाचार
x