झलनाथ खनाल भोलि स्वदेश फर्किंदै
फाइल तस्बिर
काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदैछन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल भोलि अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।
गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मुलुकमा एमालेभित्रको चरम शक्ति संघर्षका बेला उपचारमा रहेका खनाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन् । नेपाल आइपुगेलगत्तै उनले निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ताका लागि गरेको सनाखतमा हस्ताक्षर गर्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया