दल

एमसीसीविरुद्ध चन्द नेतृत्वको नेकपा, आज देशव्यापी कोणसभा गर्दै

इकागज |
भदौ २३, २०७८ बुधबार ७:३ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । देशव्यापी संघर्षको कार्यक्रमअन्तरगत आज देश्व्यापी कोणसभा गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयले जनाएको छ । साताव्यापी घोषणा भएको कार्यक्रममा भदौ २८ गते काठमाडौँमा बृहत् जनसभा गरिने नेकपाले जनाएको छ । 

घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ । नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको भन्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको जनाएको छ । 



Author

थप समाचार
x