दल

एमाले स्थायी कमिटी बैठक बस्‍दै

इकागज |
भदौ २५, २०७८ शुक्रबार ६:३३ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । बैठक अपराह्न ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार बैठकमा चालू संसद्‍मा पार्टीको भूमिका र विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) को विषयमा छलफल हुनेछ ।

एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको एमालेको छ । विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो।



Author

थप समाचार
x