दल

एमसीसी उपाध्यक्षले भेटिन् माओवादी अध्यक्ष दाहाललाई

इकागज |
भदौ २५, २०७८ शुक्रबार ९:१३ बजे

काठमाडौं - चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् । प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेकी हुन् । 

शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर दाहालसँग भेटवार्ता गरेको हो । भेटवार्तामा दाहालको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो ।


फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।  


Author

थप समाचार
x