दल

एमाले स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्‍ने

इकागज |
भदौ २६, २०७८ शनिबार १३:४७ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्नेगरी स्थगित भएको छ । विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहूको छलफल भइनसकेकोले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक  स्थगित भएको हो । स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिब ३ हजार प्रतिनिधि हुने प्रस्‍ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै ३ बजे बैठक बस्ने उनले बताए। आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रश्तुत हुने विधानको बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईको भनाइ छ ।


त्यस्तै उनले एमसीसीका बारेमा सरकारको धारणा सार्वजनिक भएपछि एमालेको धारणा सार्वजनिक हुने बताए । सत्ता गठबन्धनले सदनमा टेबुल नगरी यस बिषयमा बोल्नु हतार हुने उनले बताए । उनले केही संशोधनसहित यसलाई अघि बढाउन आफूहरू सकारात्मक रहेको बताए । 
 


Author

थप समाचार
x