दल

सत्ता गठबन्धन बैठक: भएन कुनै सहमति, छलफलको निरन्‍तरता मात्रै

इकागज |
भदौ २७, २०७८ आइतबार १२:५८ बजे

काठमाडौँ - सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल सकिएको छ। प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र सत्तापक्षको आगामी रणनीतिलगायत समसामियक विषयमा छलफल भएको कांग्रेस महामन्‍त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार विभन्‍न विषयमा छलफल भए पनि बैठकले कुनै निर्णय भने गरेको छैन । आजको बैठक छलफलको निरन्तरता भएको उनले बताए । मन्‍त्रिपरिषद् विस्‍तारबारे छलफल भए पनि कुनै निर्णय नभएको उनको भनाइ छ । 

'समसामयिक विषयमा छलफल भयो । यो छलफलको निरन्तरता मात्रै हो,' उनले भने, 'मन्‍त्रिपरिषद् विस्‍तार चाँडै गर्नुपर्छ भन्‍नेमा सबैको सहमति छ ।  भागवण्डाभन्दा पनि अध्यादेशलगयायत विषयले विस्तारमा ढिलाइ भएको हो । भागवण्डको विषयमा छलफलै भएको छैन ।


बैठकमा नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल भएको उनले बताए । 

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए । 

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्‍मा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् ।
 


Author

थप समाचार
x