दल

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

इकागज |
भदौ २८, २०७८ सोमबार १०:३८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने ओलीको सचिवालयले जनाएको छ । 

'हामी कतिपय कुराहरू सम्‍बोधन नभइ सर्वदलीय बैठकमा सहभागी हुँदैनौ,' 'सचिवालयका एक सदस्‍यले भने, 'गठबन्‍धन एकातिर हामी एकातिर भएका छौँ ।सर्वदलीयमा सहभागी हुँदैनौ । एकातिर गठबन्धन र एकातिर हामी भयौँ भने मात्रै छलफलमा बस्‍न सक्‍छौँ ।'


सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमाले सभामुखसँग असन्‍तुष्‍ट छ । 


Author

थप समाचार
x