दल

बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक : बस्‍नेत

इकागज |
भदौ २९, २०७८ ७:२ बजे

सिन्धुपाल्चोक - नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका  बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्‍मा कांग्रेसको भूमिका’ विषयमा सोमबार  मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताए ।

उनले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्ने धारणा राखे । 'हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरूका लागि हामीले सोच्नुपर्छ', उनले भने, 'बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयवासीका लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ ।' अर्का केन्द्रीय सदस्य विष्णुविक्रम थापाले मेलम्चीवासीको विपत्तिमा हरदम साथ दिन कांग्रेस तयार रहेको बताए । 
 




Author

थप समाचार