दल

अर्को बैठक असोज ४ गते बस्‍ने

एमालेको नाराबाजीबीच आर्थिक विधेयक स्वीकृत

इकागज |
भदौ २९, २०७८ मगलवार १३:२७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकै बिच आर्थिक विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । एमालेको अवरोधबीच सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

एमाले सांसदहरूको नाराबाजीबिच अर्थमन्त्रीले पेस गरेको प्रस्ताव स्वीकृत भएको हो । सभामुख अग्नि सापकोटाले सभा सुरु भएको घोषणा गरेसँगै एमालेले सांसदले विरोध जनाएका हुन् । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो । अर्को बैठक असोज ४ गते बस्‍नेगरी आजको बैठक स्थगित भएको छ । 



Author

थप समाचार
x