दल

विकृत बुर्जुवावादी व्यवस्था परिर्वतन गर्न सडकमा जानुपर्ने हुन सक्‍छ: दाहाल

इकागज |
भदौ ३०, २०७८ बुधबार १३:६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरूपलगाएतका विषयमा रहेको फरक मतलाई अब अघि बढाउनुपर्ने बताएका छन् । बुधबार पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले आफूहरूले राखेको फरक मतका लागि संविधान संशोधन गर्दै राष्ट्र र जनता लागि अघि बढ्नुपर्ने बताए ।

नेपालको राष्ट्रिय स्वाधिनताबाहेक संविधानमा रहेका अन्य विषयलाई संशोधन गर्ने व्यवस्था रहेकाले आवश्यक संशोधन गर्न सकिने बताए । उनले विकृत बुर्जुवावादी व्यवस्था परिर्वतन गर्न जरुरी परे सडकमा जानुपर्ने अवस्था आउन सक्ने तर्क गरे ।


त्यस्तै दाहालले पार्टीमा व्यक्तिगत स्वार्थको निम्ति बढी लगाव देखिने र पार्टीगतभन्दा गुट बनाउनेतिर बढी जाँगर चल्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेको र अव जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको जिकिर गरे। दाहालले पोष्टबहादुर बोगटीले पार्टीलाई समस्या पर्दा सदैव सहज रूपमा समाधान खोज्ने व्यक्ति भएको स्मरण गरे ।


Author

थप समाचार
x