दल

कांग्रेसले टुंग्यायो ६४ जिल्लाको क्रियाशील सदस्यता

आज सात जिल्लाको सूची सार्वजनिक, अब १३ जिल्लाको बाँकी

इकागज |
भदौ ३०, २०७८ बुधबार १९:४२ बजे

काठमाडौँ - १४ औं महाधिवेशनको तयारीमा रहेको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६४ जिल्लाको क्रियाशील सदस्यता टुंग्याएको छ । आज सात जिल्लाको सदस्यता टुंग्याएपछि कांग्रेसले ६४ जिल्लाको विवाद मिलाएको हो ।

कांग्रेसको निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले आज थप सात जिल्लाको नामावली पार्टीले निर्वाचन समितिलाई बुझाएपछि ६४ जिल्लाको सदस्यता निर्वाचन समितिमा आइपुगेको जानकारी दिए । 


सदस्य घिमिरेका अनुसार आज पार्टीले निर्वाचन समितिलाई काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाका क्रियाशील सदस्यको सूची बुझाएको छ । ती जिल्लाको नामावली आजै वेबसाइटमा प्रकाशित गरिएको घिमिरेले जानकारी दिए । 

कांग्रेसले यसअगाडि ५७ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । अब १३ जिल्लाको विवाद मिल्न बाँकी छ । कांग्रेसले विवाद मिल्न बाँकी २० जिल्लामा असोज ५ का लागि वडा अधिवेशन तोकेको छ। 

काठमाडौंलगायत क्रियाशील सूची सार्वजनिक भएका जिल्लामा असोज ५ मा अब अधिवेशन हुनेछ। 


Author

थप समाचार
x