दल

कांग्रेस महाधिवेशन

डडेलधुरामा फेरि वडा अधिवेशन गर्ने/नगर्नेमा पौडेल समूहमै फरक मत

पौडेल भन्छन् : गर्नुपर्छ, महामन्त्री कोइराला भन्छन् : सम्भावना देख्दिनँ

इकागज |
भदौ ३१, २०७८ बिहीबार १७:४५ बजे

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा फेरि वडा अधिवेशन गर्ने/नगर्नेमा नेता रामचन्द्र पौडेल समूहमा फरक मत देखिएको छ ।

सभापति देउवाको दबाबमा जिल्ला सभापति कर्ण मल्लको विरोधका बाबजुद अघिल्लो शुक्रबार वडा अधिवेशन गरिएको थियो । प्रहरी प्रशासन लगाएर एक पक्षको सहभागितामा मात्रै अधिवेशन गर्ने भन्दै नेता रामचन्द्र पौडेल समूहले विरोध गरिरहेको छ । 


आज नेता रामचन्द्र पौडेल समूहका नेताहरूले डडेलधुराको वडा अधिवेशन पुनः गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन् । दिउँसो २ बजे निर्वाचन समितिको कार्यालय रहेको पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा। मीनेन्द्र रिजाललगायत नेताहरुले ध्यानाकर्षण गराए ।

तर, डडेलधुरामा अधिवेशन पुनः गराउने विषय पार्टीको संस्थापन पक्षले त नकार्दै आएको छ नै । पौडेल समूहमा पनि अधिवेशन पुनः गर्ने कि नगर्ने दुई धार देखिएको छ ।

नेता पौडेलले सबैको सहभागिताबिना गरिएको डडेलधुराको अधिवेशन पुनः गर्न माग गर्दै आएका छन् । उनले सार्वजनिक कार्यक्रममै भन्दै आएका छन्, ‘प्रहरी प्रशासन लगाएर एक पक्षीय रूपमा गरिएको अधिवेशन मान्य छैन । पुनः गर्नुपर्छ । यसरी गरिने अधिवेशन कसरी स्वच्छ र निष्पक्ष मान्ने ?’

तर महामन्त्री डा. शशांक कोइरालाले भने डडेलधुराको वडा अधिवेशनका विषयमा फरक मत राखेका छन् ।

निर्वाचन समितिलाई ध्यानाकर्षण गराएर निस्कने क्रममा महामन्त्री डा. कोइरालाले डडेलधुरामा पुनः वडा अधिवेशनको सम्भावना आफूले नदेखेको बताए । ‘डडेल्धुरामा प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको थियो। तर त्यहाँ अब फेरि चुनाव हुने सम्भावना म देख्दिनँ,’ कोइरालाले भने ।

नेता पौडेलले डडेल्धुरामा सभापति देउवाले राज्य प्रशासनको दुरूपयोग गर्दै अधिवेशन गरेको  पौडेलल  पत्रकार सम्मेलन गर्दै आरोप लगाएका थिए । 
 


Author

थप समाचार
x