दल

राप्रपाले थप्यो जिल्ला अधिवेशन गर्ने अवधि

इकागज |
भदौ ३१, २०७८ बिहीबार १८:० बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको जिल्ला अधिवेशन गर्ने अवधि थप गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयसहित बसेको पार्टीको केन्द्रीय विशेष समितिको बैठक जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि २० असोजसम्म थप गर्ने निर्णय गरेको हो । 

सक्रिय सदस्यता वितरण गर्ने म्याद २५ असोजसम्मका लागि थप्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले सम्बन्धित वडा र प्रदेश सभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । 


पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने व्यवस्था पनि बैठकले गरेको छ । 


 


Author

थप समाचार
x