दल

माओवादी पनि विस्तारै-विस्तारै एमालेकरण हुन थाल्यो: दाहाल

इकागज |
असोज ४, २०७८ सोमबार १०:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्‍द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्‍नो पार्टी पनि विस्‍तारै एमालेकरणा हुन थालेको गुनासो गरेका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्‍दै अध्यक्ष दाहालले माओवादी पनि एमालेजस्‍तै हुन थालेको बताए । उनले छलछाम, झुट, गुट,धोका दिनेलगायको विशेषता एमालेको रहेको र त्यस्तै गुण आफूहरूको पार्टीमा सरेको भन्दै एमालेकरण हुन लागेको टिप्‍पणी गरे ।

'अहिले हामी पार्टी पुनर्निमाणको महाअभियानमा जाने भनेर संकल्प गरेका छौँ,' उनले भने, 'हाम्रो पार्टीकाे रुपान्तरण गर्नैपर्छ । हाम्रो पार्टी पनि विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो । एमालेजस्तो जस्तो हुन थाल्यो । छलछाम, झुट, गुट,धोका बेइमानी एमाले भनेकै एमाले हो । हामी पनि त्यस्तै हुने हौं कि भन्‍ने चिन्ता लागेको छ। विचार भने पनि सिद्धान्त भने पनि एमालेमा सूर्य र मदन भण्डारी छन् ।'


'


Author

थप समाचार
x