दल

मंसिर ८ गते काठमाडौँमा जनसभा तथा जनप्रदर्शन गर्ने

नेकपाको महाधिवेशन आगामी फागुनमा

इकागज |
असोज ६, २०७८ बुधबार ११:१३ बजे

काठमाडौँ - नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा दुई दिन बसेको नेकपाको केन्द्रीय समिति (११औँ पूर्ण बैठक) बैठकले ‘जनयुद्ध दिवस’ को सन्दर्भमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

कार्यालयकाअनुसार त्यसअघि पार्टी पुनर्गठनको अवसरमा आउँदो मंसिर ८ गते काठमाडौँमा 'विशाल जनसभा तथा जनप्रदर्शन' गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै पार्टी निकट सबै जनवर्गीय संगठन तथा मोर्चाहरूका राष्ट्रिय भेला/सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने कार्यालयले जनाएको छ।


बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमत संग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने’ राजनीतिक निर्णय गरेको छ । यस्तै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रकविरुद्ध संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकमा पार्टा कार्यदिशाको व्याख्या गर्दै महासचिव चन्दले १० बर्से नेपाली जनयुद्धले बाँकी छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै नेताहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान विशेष निर्देशन दिएका छन् । बैठकले चन्दले पेस गरेको राजनीतिक दस्ताबेज पारित गरेको छ ।


Author

थप समाचार
x