दल

कांग्रेस महाधिवेशन

दसैंअघि पालिका अधिवेशन गर्नेगरी कार्यतालिका परिवर्तन गरिने

इकागज |
असोज ६, २०७८ बुधबार १८:२४ बजे

काठमाडौँ -  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन हुने भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्न सहमति जुटेको छ । 

 'दसैंअघि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ,' बैठकपछि नेता रामचन्द्र पौडेलले भने ।


त्यस्तै बैठकले असोज ९ गतेसम्म प्रकाशित वडास्तरीय र पालिकास्तरीय अधिवेशन यथावत राख्‍ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 'असोज ९ गते सम्म प्रकाशित वडा स्तरीय र पालिका स्तरीय अधिवेशन यथावत राख्‍ने निर्णय भएको छ,' प्रवक्ता शर्माले भने । त्यस्तै असोज ९ गतेपछि प्रकाशित अधिवेशन कार्यतालिका सम्बन्धमा केही जिल्लाहरूमा क्रियाशिल सदस्यहरूको टुंगो लागाउनु पर्ने भएकोले केन्द्रीय निर्वाचन सिमितिले आवश्यकता अनुसार टुङ्याउदै लैजाने निर्णय भएको प्रवक्ता शर्माले बताए । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीता देवी यादव, गृहमन्त्री बालकृष्ण खाण, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा.मीनेन्द्र रिजाल, डा.रामशरण महत, गगन थापा, प्रवक्ता शर्मालगायतले उपस्थित थिए । 


Author

थप समाचार
x