दल

सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरे घेरा तोड्न बाध्य हुनेछौँ : चन्‍द

इकागज |
असोज ७, २०७८ बिहीबार ८:२० बजे

तस्‍बिर सौजन्‍य: मुक्‍ति गैरे

काठमाडौँ - नेकपा महासचिव नेत्रविक्रम चन्‍दले सरकारले तीन बुँदे सहमति कार्यान्‍वयन गर्नपर्ने बतएका छन् । पोखरामा अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्‍दै चन्‍दले सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी कुनै सर्त थोपरिए जनतामा जाने चेतावनी दिए । ‘सहमति गर्ने तर कार्यान्वन नगरेर हामीलाई अप्ठेरोमा पार्न खोजिएको हो ?,' उनले भने, 'हामी तीन बुँदे सहमतिप्रति इमानदार छौँ। तर सरकार पालना गर्न तयार छैन। सरकारले घेरा लगाउन खोजेको हो भने हामी तोड्न तयार छौँ। तपाईंहरूले सहमति लागू गर्नुभएन भने र अन्य कुनै सर्त थोपर्नतिर लाग्नुभयो भने जनतालाई साथमा लिएर यो घेरा तोड्नेछौँ ।’

आफ्नो पार्टीसँग बन्दुकभन्दा शक्तिशाली जनता भएकाले कुनै पनि हालतमा बन्दुकदेखि नडराउने, नझुक्ने, बरु सहिद बन्न तयाररहेको उनले बताए ।‘हामी बन्दुकमा विश्वास गर्ने शक्ति होइनौँ । कम्युनिस्टहरू नै सबैभन्दा बढी शान्तिप्रिय हुन्छन्,' उनले भने, 'बन्दुक हातमा लिएका सत्ताधारीहरूले कहीँ पनि जितेका छैनन् । युद्ध हाम्रा लागि रहर होइन । हामी युद्ध होइन, शान्ति चाहन्छौँ । हामी जनताको मत प्रयोग गरेर व्यवस्था रोज्ने जनमतसङ्ग्रह चाहन्छौँ । यो सत्ताले हामीलाई जनताको मत प्रयोग गरेर व्यवस्था रोज्न पनि दिएन भने, सहमति नै पालना गरेन भने, युद्ध नै लाध्यो भने अर्कै कुरा हो ।’



Author

थप समाचार
x