दल

भुसाललाई महासचिव र रामकुमारीलाई सचिव बनाउने समाजवादीमा सहमति

इकागज |
असोज ७, २०७८ बिहीबार ११:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- बेदुराम भुसाललाई नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिव बनाउने सहमति जुटेको छ । भुसाललाई पार्टीको महासचिव बनाउने सहमति स्थायी कमिटीमा सहमति जुटेको समाजवादीकी नेतृ दिलु पन्‍तले इकागजलाई जानकारी दिइन् ।

त्यस्तै केन्द्रीय कमिटी बैठकले रामकुमारी झाँक्रीलाई सचिव बनाउने सहमति भएको बताइएको छ ।  आज बस्‍ने केन्द्रीय कमिटी बैठकमा सहमति पेस गर्ने र अनुमोदन गर्ने पन्तले जानकारी दिइन् । महासचिवको दौडमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल पनि थिए ।



Author

थप समाचार
x