दल

जबजको मूल्य-मान्यतालाई रक्षा गर्दै अघि बढ्छौँ : नेपाल

इकागज |
असोज ७, २०७८ बिहीबार १३:५२ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात् गर्न चाहेको बताएका छन् । 
अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने पनि बताए । अध्यक्ष नेपालले माओ, होचि मिन्हजस्ता नेताहरूले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

उनले भने, ‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं । र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरूमा कम्युनिष्ट पार्टीहरूमा एकसे एक नेताहरूको उदय भएको छ । उनीहरूको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रूपमा अगाडि बढेको छ । हामी कहाँ पनि पुष्पलाल जस्ता नेताहरू, मनमोहन अधिकारी जस्ता नेताहरू, मदन भण्डारीजस्ता नेताहरू जन्मिए । तुलसीलाल जस्ता योद्धाहरु देखा परे । ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं । उहाँहरूको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’ अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरूलाई रोजगारी दिने कामलाई जोड दिने बताए।



Author

थप समाचार
x