दल

कञ्चनपुरका ९ वटै स्थानीय तहमा काँग्रेसको पालिका अधिवेशन सम्पन्‍न

इकागज |
असोज १०, २०७८ आइतबार ७:१५ बजे

कैलाली - कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कंचनपुरमा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट भीमदत्त नगर सभापतिमा अच्युतराज कलौनी, वेदकोट नगर समितिमा तुलाराम साहु, पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट निर्वाचित भएका छन्।


त्यस्तै कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँटा नगर समितिमा दानबहादुर ऐर र दोधाराचाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन ।


Author

थप समाचार
x