दल

कांग्रेस महाधिवेशन: विराटनगर सभापतिमा दीपक चापागाईं

इकागज |
असोज १७, २०७८ आइतबार ७:३५ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्‍तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति दाबेदार सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे । शनिबार भएको निर्वाचनमा ६६४ मत खसेको थियो ।

चापागाईंले देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवारलाई पराजित गरेका हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट हुन् ।


उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन ।


Author

थप समाचार
x