दल

एमाले नेता भानुभक्त जैशी एकीकृत समाजवादीमा प्रवेश

इकागज |
असोज २१, २०७८ बिहिवार १२:२७ बजे

काठमाडौँ - नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जैशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । आज बिहान काठमाण्डौँमा बसेको समाजवादी पार्टीको सातौ बैठकमा अध्यक्ष माधव नेपालले जैशीलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

बझाङ जिल्ला क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित पूर्व वन मन्त्री जैशी एमालेमा भूमिकाविहीन बनाइएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनी निकट बझाङका एमाले कार्यकर्ताहरू यसअघि नै समाजवादीमा प्रवेश गरिसकेका थिए ।



Author

थप समाचार
x