दल

देखिएनन् भीम रावल र रामबहादुर थापा

ओलीले गरे वडा अधिवेशनको 'भर्चुअल्‍ली' उद्घाटन

इकागज |
कात्तिक ६, २०७८ शनिवार १२:३८ बजे

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका वडा कमिटीको अधिवेशनको उद्घाटन गरेका छन् । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट शनिबार भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले ६ हजार भन्दा वढी वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन् ।

अधिवेशन उद्घाटन भएको घोषणा गर्दै उनले ऐतिहासिक रूपमा पहिलो पटक एकै ठाउँबाट देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन भएको बताए । बाढीपहिरो र डुबानका कारण केही वडाको अधिवेशन भने केही दिनपछि हुने उनले बताए । उनले सर्वसम्मतिका साथ अधिवेशन सम्पन्न हुने विश्वास लिएको बताए । 


कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् ।


Author

थप समाचार
x