दल

कांग्रेस अधिवेशनबाट वडा उपसभापति बनेका एक जना एमालेको वडा सचिव चयन

इकागज |
कात्तिक ७, २०७८ आइतवार ८:३३ बजे

दार्चुला - दार्चुलामा नेपाली कांग्रेसको अधिवेशनबाट वडा उपसभापति बनेका एक जना नेकपा एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा  सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट शंकरसिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापति चयन भएका थिए । शनिबार भएको एमालेको वडा अधिवेशनमा डोबाल सचिव चयन भएका छन् । 

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापति चयन भएका हुन् । एमालेमा प्रवेश गरे/नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकाली नगरपालिकाका प्रवक्ता पदमसिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीरसिंह डोबाल अध्यक्ष र शंकरसिंह डोबाल सचिव चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 



Author

थप समाचार
x