दल

सीके राउतका कार्यकर्तालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

इकागज |
कात्तिक ७, २०७८ आइतबार १५:४६ बजे

काठमाडौँ -  जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुर्व्यबहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसनले काठमाडौंमा प्रदर्शन गरेको छ । 

आइतबार काठमाडौंको माइतिघरमा भेला भएर एशोसिएसनले कर्मचारीमाथिको दुर्व्यवहार बन्द हुनुपर्ने र घटनाका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।


गत कात्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको थियो । 

दोषिमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले देशव्यापी रुपमा आन्दोलन गरेको हो । 


Author

थप समाचार
x