दल

प्रधानन्यायाधीश जबराका विषयमा एकमत छैनन् दल, सबैका आ-आफ्नै तर्क

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १७:२४ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् । 

 मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताएका हुन् । न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाको अवस्था भएको उनले बताए । आफ्नो पार्टीले भने प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नै नगरेको उनको भनाइ छ । 


त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा अहिलेसम्म नमागेको स्पष्ट पारे । उनले न्यायालयको पूनःसंरचनाको कुरा उठाउनुको कारण प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताए ।  

त्यस्तै नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारे । 

उनले आजको अवस्थामा पुर्‍याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे । संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको उनले बताए । 


Author

थप समाचार
x