महाधिवेशन प्रतिनिधि चयनमा विधिविपरीत काम भयोः रावल
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधि चयन पार्टीको विधिविपरीत काम भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै रावलले पार्टीको विधि, पद्धति र निर्णयविपरीतका क्रियाकलाप भएको बताएका हुन्। महाधिवेशनलाई स्वच्छ र निष्पक्ष बनाइनुपर्ने भएपनि प्रतिनिधि छनौटमै विधि मिचिएको उनको टिप्पणी छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचार देखाइएको रावलको आरोप छ । त्यहाँको वस्तुतथ्यबारे पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई लिखित र मौखिकरूपमा जानकारी गराएपनि प्रक्रिया बिना धनगढीबाट प्रतिनिधि चयन गरिएको उनले जनाएका छन् । आफूले पार्टीका बैठकहरूमा कुरा उठाउँदा विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन भएपनि बेथिति नरोकिएको उनको भनाइ छ ।
पार्टी निर्णयविपरिी उम्मेदवारीको दरखास्त दिननदिने, सहमति नै नभई, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिइ अवैध काम गरिएको रावलको आरोप छ । यस्ता गतिविधिले पार्टी एकतामा क्षति पुग्ने विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा हो र यसले पार्टीलाई गम्भीर क्षति पुर्याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
एकलौटी ढंगले महाधिवेशन प्रतिनिध छनौट गरिएको भन्दै असन्तुष्ट क्षेत्रका १२०० बढी पार्टी सदस्यहरूले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन् । उजुरीका साथै त्यहाँ समानान्तर महाधिवेशन प्रतिनिधि पनि छनौट गरिएको छ । कैलालीको लम्कीमा भएको असन्तुष्ट पक्षको भेलाले सर्वसम्मत रूपमा नौ जना प्रतिनिधि चयन गरेको हो ।
लम्कीचुहा–९ बाट यज्ञराज ढुङ्गाना, ८ बाट मनोज खड्का, १ बाट सूर्यबहादुर थापा, मोहन्याल गाउँपालिका–७ बाट वीरेन्द्रबहादुर रावल, बर्दगोरिया गाउँपालिका–१ बाट भीम कुँवर र जानकी गाउँपालिका–९ बाट रुप रावत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । यसैगरी, महिलातर्फ लम्कीचुहान नगरपालिका–१ बाट बसुन्धरा भण्डारी, ५ बाट ममता रावल र जानकी गाउँपालिका–८ बाट गंगा थापालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया