दल

सर्वोच्चको समस्या समाधानका लागि पाँच दलीय गठबन्धनले पहल गर्छः अध्यक्ष नेपाल

इकागज |
मंसिर २, २०७८ बिहीबार १४:१० बजे

कैलाली - पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि पाँच दलीय गठबन्धनले पहल गर्ने बताएका छन् ।

आज बिहान कैलालीमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले सहज वातावरणमा न्यायालयभित्रको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताउँदै छिट्टै समस्या समाधान गरिने बताएका हुन् । 


नेपालले नेकपा एमालेको प्रदेश कार्यालय रहेको भाडाको भवनमा सुदूरपश्चिम प्रदेश कमिटी र जिल्ला कमिटी कार्यालयको उद्घाटन गरेका छन् ।

पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको बताउँदै आगामी चुनावबाट पार्टी पहिलो नम्बरमा आउने बताए ।


Author

थप समाचार
x