कांग्रेस सुर्खेतमा वडादेखि क्षेत्रसम्म संस्थापन पक्ष हाबी
सुर्खेत- नेपाली कांग्रेसको सुर्खेतको वडा देखि प्रदेश सभा अधिवेशन अन्तर्गत सुर्खेतका चारवटै निर्वाचन क्षेत्रको पार्टी नेतृत्व संस्थापन पक्षले लिएको छ । शनिबार भएको प्रदेशसभाका चारवटै क्षेत्रको निर्वाचनबाट देउवा समूहले नेतृत्व लिएको हो । प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा चयन भएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा, (ख) मा तेजबहादुर बस्नेत सभापति चयन भएका छन् । बस्नेत बराहताल गाउँपालिकाका अध्यक्ष पनि हुन् । प्रदेश सभामा संस्थापन पक्षबाट प्यानल नै विजयी भएको हो ।
यस अघि नै सम्पन्न नेपाली कांग्रेसको गाउँ÷नगर अधिवेशनअन्तर्गत सुर्खेतका पालिकाहरुमा पनि पार्टीको संस्थापन पक्षको वर्चस्व देखिएको थियो । जिल्लाका नौ वटा पालिकामध्ये आठवटा पालिकामा भएको अधिवेशनमा संस्थापन पक्षले जितेको छ । त्यसैगरी जिल्लाका ९९ मध्ये अधिकांशमा संस्थापन पक्षले जितेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया