दल

कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो

इकागज |
मंसिर ७, २०७८ मंगलबार २१:२२ बजे

फाइल फोटो

काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरकाे गोली चलाएको हो ।

सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए । १०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका बेला देउवा पक्षका कांग्रेस कार्यकर्ताले तोडफोड गरेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाएको हो । युवाहरुको आक्रमण गर्दा केही घाइते समेत भएका छन् । 


गिरीले अब ४ मत पाएको खण्डमा जित हुने निश्चित भएपछि देउवा पक्षका युवाहरुले हुलहुज्जत गरेकाे स्थानीयले बताएका छन् । यसैबीच, प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुई राउण्ड अश्रुग्यास मात्रै प्रहार भएको बताए । मतगणना रोकिएपनि अहिले अवस्था नियन्त्रणमै रहेको उनले बताए । कांग्रेसको १४औं महाधिवेशन अन्तरगत एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा आज जिल्ला अधिवेशन हुने कार्यतालिका थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुज्ञास प्रहार गरेको प्रहरीले जनाएको छ । 

 


Author

थप समाचार
x