दल

कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी

इकागज |
मंसिर ८, २०७८ बुधबार ६:४४ बजे

कैलाली - नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । ८ सय ९ मत प्राप्त गर्दै चन्द सभापतिम निर्वाचित भएका हुन्। चन्दका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४सय ८९ मत प्राप्त गरे।

निवर्तमान उपसभापति समेत रहेका चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत हुन् । त्यस्तै उपसभापतिमा वीरबहादुर बिष्ट र खगेन्द्र सिंह धामी निर्वाचित भएका छन् । बिष्टले ६५८ मत र धामिले ६२४ मत प्राप्त गरेका हुन् ।


सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी विजयी भएका छन् । चन्दले ६४० मत र जोशीले ६३३ मत प्राप्त गरेका छन् । यसैगरी सह सचिवमा दिपेन्द्रबहादुर चन्द र दसरथ सिह चाड विजयी भएका छन् । चन्दले ६६६मत प्राप्त गरेका हुन भने चाडले ६५४ मत प्राप्त गरेका हुन् ।


Author

थप समाचार
x