दल

कांग्रेसको १४ औँ महाधिवेशन

काभ्रे २ नम्बर क्षेत्रको सभापतिमा महेश खरेल विजयी

इकागज |
मंसिर ८, २०७८ बुधबार १९:३६ बजे

काठमाडौँ - नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा २ नम्बर क्षेत्रको सभापतिमा महेश खरेल विजयी भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बुधबार भएको मतदानमा खरेल ६३४ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रत्यासी सुन्दरमणि आचार्यले ५४७ मत ल्याए । पाँचखाल नगरपालिकाका मेयर समेत रहेका बहुचर्चित युवा नेता खरेलले ८७ मतान्तरले विजय हासिल गरेका हुन् । खरेल पूर्वमन्त्री तथा कांग्रेसका पूराना एवं चर्चित नेता राजेन्द्र खरेलका छोरा हुन् ।



Author

थप समाचार
x