दल

उदयपुरका दुवै क्षेत्रमा संस्थापन पक्षका उम्मेदवार विजयी

इकागज |
मंसिर ९, २०७८ बिहीबार ७:१३ बजे

विराटनगर - नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरका दुईवटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षका सभापतिका उम्मेदवारहरू विजयी भएका छन् । क्षेत्र नम्बर १ मा चौदण्डीगढी नगरपालिकाका मेयर रहेका खगेन्द्र राई र क्षेत्र नं. २ मा रामकुमार राई निर्वाचित भएका हुन् ।

क्षेत्र १ का खगेन्द्र राईले इतर पक्षका बसन्त बस्नेतलाई १० मत र क्षेत्र २ का रामकुमार राईले रामकुमार खत्रीलाई १५ मतले पराजित गरेका हुन् । खगेन्द्रले ३४४ मत र रामकुमार राईले ३१९ मत ल्याएका छन् ।


निर्वाचित दुवैजनालाई प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल खड्काको समर्थन रहेको थियो । क्षेत्र १ मा पदाधिकारीहरु पनि संस्थापन पक्षकै निर्वाचित भएका छन् । १ को सचिवमा शुशिल खत्री र सन्तोष कोइराला, सहसचिवमा ओमकार कटेल र बेचुदास चौधरी विजयी भएका हुन् । त्यस्तै २ को सचिवमा मोहन सिंह ठकुरी र हिरा कुमार कार्की, सह–सचिवमा कमद बहादुर कटुवाल र विरेन्द्र कुमार राई विजयी भएका छन् ।


Author

थप समाचार
x