दल

कांग्रेस सिन्धुपाल्चोकको प्रदेशसभा सभापतिमा संस्थापन पक्षले गर्‍यो 'क्लिन स्विप'

इकागज |
मंसिर ९, २०७८ बिहीबार १५:१ बजे

सिन्धुपाल्चोक- नेपाली कांग्रेस सिन्धुपाल्चोकको चारवटै प्रदेशसभाको अधिवेशनबाट आएको नयाँ नेतृत्वमा संस्थापन पक्षको वर्चश्व रहेको छ । प्रतिनिधिसभा २ वटा  क्षेत्र रहेको सिन्धुपाल्चोकको बुधबार भएको चारवटा प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो । कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ । 

प्रतिनिधिसभा १ को प्रदेश सभा 'क' मा आङ दोर्जे शेर्पा निर्वाचित भएका छन् । उनी संस्थापनइतरका कुमार श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् । उपसभापतिमा च्याङ्वा शेर्पा र टेक बहादुर गुभाजु, सचिवमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ, सह-सचिवमा उमेश विक र राजेन्द्र विक्रम थापा निर्वाचित भएका छन् ।


यस्तै प्रदेशसभा प्रतिनिधिहरुमा घ्याम्छो लामा, रामेश्वर आचार्य, हरि बहादुर रायमाझी, राजकुमार तामाङ, सुरेन योन्जन, रमेश राउत, हेमन्त श्रेष्ठ, यादव श्रेष्ठ, रविन्द्र दर्नाल, जितबहादुर प्रधान, पासाङ लामा, बिना नेवार, पदम कुमारी श्रेष्ठ, चमेली श्रेष्ठ,  दिपा लामा, सुनिता लामा, युवाखर सापकोटा निर्वाचित भएका छन् ।

यस्तै प्रतिनिधिसभा १ 'ख' काे अधिवेशनबाट देवेन्द्र खड्का निर्वाचित भएका छन् । उनले संस्थापनइतर पक्षका चन्द्र सिलवाललाई पराजित गरेका हुन् । यस्तै उपसभापतिमा समिर लामा र रविन्द्र खड्का, सचिवमा जयचन्द्र कुमार लामा र रितेश तामाङ, सह-सचिवमा रमेश कुमार श्रेष्ठ र सुरेश लामा निर्वाचित भएका छन् ।  प्रदेशसभा प्रतिनिधिमा थुप्तेन ग्याल्बो लामा, लालकाजी तामाङ, प्रमोद तामाङ, सगुन श्रेष्ठ, प्रेम बहादुर भण्डारी, शनत अधिकारी, अमृत प्रसाद अधिकारी, रमेश थापा, सरस्वती जिसि, जानुका खत्री, उमेश प्रधान, मिन प्रसाद दुलाल, कार्साङ डोमो शेर्पा, रोशनी श्रेष्ठ, ज्ञाने सुनुवार, उर्मिला भण्डारी निर्वाचित भएका छन् । 

यस्तै प्रतिनिधिसभा २ प्रदेशसभा 'ख' मा जितबहादुर तामाङ प्रदेशसभा सभापतिमा निर्वाचित भएका छन् । उनले सुनिलकुमार दोङलाई पराजित गरेका हुन् । यस्तै उपसभापतिमा रवि थिगं र राजकुमार लामिछाने, सचिवमा आशिष खड्का र निराजन चौलागाई, सह-सचिवमा रामबाबु कोइराला र अच्युतराज लामिछाने निर्वाचित भएका छन् । यस्तै, प्रदेश प्रतिनिधिमा श्वेता चौलागाई, प्रकास सापकोटा, कान्छी शेर्पा, रञ्जेन लमीनी, पेम्बा शेर्पा, मनोज कुमार तामाङ, हरि विश्वकर्मा, पेम्बा लामा, पुर्नी तामाङ, मन्जु तामाङ, ल्वाकवुरी लामा, कुमार दुलाल, जिमी तामाङ, दिपेशराज खनाल, महेसदाश श्रेष्ठ, राजु गुरुङ, विष्णु खड्का र लेखनाथ लामा निर्वाचित भएका छन् । 

यस्तै प्रतिनिधिसभा २ प्रदेशसभा 'क' मा केशवराज गिरी निर्वाचित भएका छन् । उनले देवप्रसाद बाँनियालाई पराजित गरेका हुन् । त्यस्तै उपसभापतिमा ग्याल्बो तामाङ र बासुदेव लम्साल, सचिवमा भने छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । सह-सचिवमा पून्यप्रसाद घोरासैनी र सरोज न्यौपाने विजयी भएका छन् । प्रतिनिधि सभा २ 'ख' को प्रदेश प्रतिनिधिको मतगणना भने जारी छ । 


Author

थप समाचार
x