दल

चित्रबहादुर केसी भन्छन्, ‘पारी गैंडाकोट ११ बजे आएको, यहाँ आइपुग्दा दुई बज्यो’

इकागज |
मंसिर १०, २०७८ शुक्रवार १४:३१ बजे

काठमाडौँ– नेकपा एमालेको महाधिवेशनमा अतिथिको रूपमा निम्त्याइएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलबाट नवलपरासीाकाे गैंडाकोट बिहान ११ बजे आइपुगे पनि सवारी जाम र ट्राफिक व्यवस्थापनका कारण एमाले महाधिवेशनस्थल नारायणी किनारमा आइपुग्दा दुई बजेको बताएका छन् । 

‘म सयममै पुग्ने गरी आएपनि ट्राफिक व्यवस्थापनका कारण महाधिवेशन शुरु हुने समयमा आइपुग्न सकिनँ,’ उनले भने, ‘अरु नेताहरूले के बोल्नुभयो सुन्न पाइनँ ।’ 
उनले कम्युनिष्ट पार्टीहरूमा आफूलाई समीक्षा नगरी अरुलाई दोष लगाउने चलन रहेको बताए । उनले राजनीतिलाई राष्ट्रिय हित र जनताको पक्षमा उतार्न नसक्ने र पेसा बनाउने रवैयाका कारण समस्या आएको बताए । 


‘हामीले ठाउँ दिएपछि विदेशी शक्तिले त खेलिहाल्छ नि,’ वाम आन्दोलनका पुराना र अनुभवी नेताले भने, ‘हामीले प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ बनाएर लैजानुपर्छ ।’ वाम शक्तिहरूमा अन्तरविरोध र मतभेद भएपनि जनताका लागि वामपन्थी शक्तिहरू एक हुनुपर्ने बताए । 

‘पार्टीहरूको झगडाले देश र जनतामाथि आँच आउने काम नहोस्,’ उनले भने । 

केसी अहिले बुटवलमा बसोबास गर्छन् । उनी केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री हुँदा उनको मन्त्रीमण्डलमा उपप्रधान र सहकारी तथा गरिबी निवारण मन्त्री थिए । 
 


Author

थप समाचार
x