दल

भक्तपुरमा आज माओवादीको नगर सम्मेलन

इकागज |
मंसिर ११, २०७८ शनिबार ६:५० बजे

भक्तपुर- भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिस्‍ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो । 

सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुने छ ।  पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।


यद्यपि जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रमा जिल्ला सदस्यलाई समेत नगरमा समेट्नुपर्ने सकस भएको उनले स्वीकार गरे । सम्मेलन चाँगुनारायणको तपादम्फोस्थित नगरपालिकाकै हलमा, सूयैविनायकको  सूर्यविनायक रिसोर्टमा,मध्यपुर थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा र भक्तपुर नगरपालिकाको च्वङ्गागणेशस्थित नमस्ते ब्याङ्क्वेट हुने भएको छ । 


Author

थप समाचार
x