दल

प्रदेश १ बाट अध्यक्षमा ओलीबाहेक १२ पदाधिकारीसहित १०४ जना आकांक्षी

बाबुराम भण्डारी |
मंसिर ११, २०७८ शनिबार ८:१९ बजे

सौराहा- नेकपा एमालेको १०औँ  महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहँदा पदाधिकारीसहित केन्द्रीय सदस्यमा आकांक्षीहरूको सङ्ख्या भने बढ्दो देखिएको छ । सौराहामा शनिबारदेखि बन्द शत्रको प्रक्रिया शुरु हुन लाग्दा नेतृत्वमा आकांक्षीहरूले पनि मुख खोल्न थालेका छन् ।

प्रदेश १ बाट पदाधिकारी र केन्द्रीय कमिटीमा १०५ जनाले आफ्नो आकांक्षा देखाएका हुन् । केहिले आफ्नो उम्मेद्‌वारीको औचित्यसहित प्रचार सामग्री बाड्न थालेका छन् भने केहि आकांक्षीहरू उपल्लो तहका नेतासँग सम्पर्क बढाउने र अध्य्क्ष केपी ओलीको समेत समर्थन खोज्‍न पहल गर्दैछन् ।


प्रदेश १ बाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि ८ जनाले आकाक्षा देखाएका छन् । त्यस्तै केन्द्रीय सदस्यतर्फ १०४ जना रहेका छन् । महासचिवतर्फ कसैले उम्मेद्‌वारको हिम्मत गरेका छैनन् ।

पदाधिकारीका केही आकांक्षी ७० वर्षे उमेरहदको पीरले यसपटक अन्तिम अवसरको खोजीमा छन् । केही भने केन्द्रीय सदस्यबाट माथि उक्लिनै पर्ने आकांक्षासहित लाइनमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भीम रावलले उम्‍मेद्‍वारी घोषणा गरेका छन् । ओली प्रदेश १ झापाका हुन् ।

पदाधिकारीतर्फ इलामका सुवासचन्द्र नेम्वाङ बरिष्ठ उपाध्यक्षका आकांक्षी रहेका छन् ।

मोरङका लालबाबु पण्डित र झापाका देवराज घिमिरे उपाध्यक्षमा लड्ने तयारी छ ।

सचिवमा हालको केन्द्रीय कमिटिका सुनसरीबाट भीम आचार्यसहित ताप्लेजुङबाट योगेश भट्टराई, भोजपुरबाट शेरधन राई, झापाबाट हिक्मत कुमार कार्की आकांक्षी छन् । 
सचिवमै उठ्न मोरङबाट जीवन घिमिरे, भानुभक्त ढकाल, डा. शिवमाया तुम्वाहाम्फे, गुरु बराल र संखुवासभाबाट राजेन्द्र गौतमको तयारी छ ।

शुक्रबार राती सम्पन्‍न वर्तमान एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले आकांक्षी देखिएकाहरूको सर्वसम्मत व्यवस्थापनकै लागि २५५ सदस्यीय केन्द्रीय कमिटिको आकार बढाएर ३०१ पुर्‍याएको केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईले बताए ।

प्रदेश १ बाट केन्द्रीय सदस्यमा झापाका नरेश खरेल, देवेन्द्र दाहाल, रोम ओली, मेनुका काफ्ले, रविन कोइराला, गीता अधिकारी, दीपक कार्की, पबित्रा निरौला खरेल, नरेश खरेल, अग्नि खरेल, एलपी सावाँ, जसमाया गजमेर, अर्जुन राई, इन्द्र भण्डारी, दुर्गा प्रसाईं, सोम पोर्तेल आकांक्षा देखाएका छन् ।

मोरङबाट विनोद ढकाल, नरेश पोखरेल, ज्ञानेन्द्र सुवेदी, मधु गुरूङ, डिपी राई, रामकुमार वस्नेत, घनस्याम खतिवडा, यशोदा अधिकारी, रामकुमार  बस्नेत, तारा राई, पर्शुराम बस्नेत, अन्जना अधिकारी, लता प्याकुरेल, रामलाल साह, खेम नेपाली, युवराज बाँस्कोटा छन् ।

त्यसैगरी सुनसरीबाट जगदिश कुसीयैत, धर्मराज निरौला, भगवती चौधरी, तैयव हुसेन, रेवतिरमण भण्डारी, द्वारिकलाल चौधरी, डिबी शाह शंकर, लक्ष्मी गौतम, सर्वध्वज साँवा, मीरा आचार्य, अमृत सुब्बा, जय कुमार राई, लरु माया जिमी, डम्बर सुवेदी, मिना श्रेष्ठ रहेका छन् ।

उदयपुरबाट खड्गबहादुर परियार, मञ्जु चौधरी, दुर्गा कुमार थापा, बिमल कार्की, इश्वर राउत, कालू लामा, अम्बिका थापा, ज्ञानेन्द्र श्रेष्ठ, शैलेश लामा, अम्बर रायमाझी, भिमकुमारी राउत र कला घले केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् ।

खोटाङबाट केन्द्रीय सदस्यमा विशाल भट्टराई, उषाकला राई, रमेश पौडेल, पिके राई, पूर्ण घले, हरि पोखरेल, पिके राई, कर्ण घले रहेका छन् ।

इलामबाट राम राना र गणेश बराल, पाँचथरबाट आईन्द सुन्दर नेम्वाङ, बसन्त नेम्वाङ, डम्बरध्वज सम्वाहाम्फे, ताप्लेजुङबाट टंक आङबुहाङ,डम्बर तुम्बाहाम्फे, तिलबिक्रम नेम्बाङ, शिव कुमार गुरुङ र भुपेन्द्र थेबे, 
धनकुटाबाट राजेन्द्र राई र नैन बिश्वकर्मा, संखुवासभाबाट तुलसी न्यौपाने, मुरारी खतिवडा, भविश्वर गुरूङ, विदुर लिङ्थेप, तेह्रथुमबाट तेजमान कन्दङ्वा र किशोरचन्द्र दुलाल, भोजपुरबाट हरि राई र प्रेम राई रहेका छन् ।

सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, मानवीर राई, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, किशोर अधिकारी, बालकृष्ण ढुङ्गेल, अम्बिरबाबु गुरुङ आकांक्षी रहेका छन् ।

शुक्रबार राती संशोधित केन्द्रीय कमिटीको नयाँ संरचना अनुसार एमालेमा १९ पदाधिकारी रहने छन् । अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष ६, महासचिव १,  उपमहासचिव ३ र सचिव ७ रहेका छन् । त्यसैगरी ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो रहने निर्णय भइसकेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x