दल

काँग्रेस महाधिवेशन

सुर्खेत क्षेत्र नम्बर एकमा पुनः निर्वाचन

इकागज |
मंसिर ११, २०७८ शनिबार १६:५५ बजे

फाइल फोटो

सुर्खेत - नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं.  एकमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पुनः निर्वाचन भएको छ । निर्वाचन समितिको लापरबाहीका कारण उक्त क्षेत्रमा पुनः मतदान गराउनुपरेको हो । 

दलित तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधी छनोटमा आज पुनः निर्वाचन भएको छ । सो क्षेत्रबाट दलितर्फको केन्द्रीय महाधिवेशनका लागि २ जना निर्वाचित हुनुपर्ने थियो । सोही अनुरुप मंगलबार भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी रहेको थियो । ओदे कामी, बाघविर दमाई र भिम बहादुर विकले उम्मेदवारी दिएका थिए ।


‘मतपत्रमा दलिततर्फ कुनै दुई जनालाई छनोट गर्न उल्लेख गर्नुपर्नेमा कुनै एकलाई छनोट गर्न लेखिएकोले मतगणनाको अन्तिम परिणाम घोषणा गर्न बाँकी थियो’ सहायक निर्वाचन अधिकृत बितिहोत्र वशिष्ठले भने, ‘निर्वाचन समितिको प्राविधिक गल्तीले पुनः आज निर्वाचन भएको हो ।’

निर्वाचन समितिको लापरबाहीले आफुहरुले अनावश्यक दुःख पाएको क्षेत्रीय प्रतिनिधिहरुको भनाई छ । दुई जना दलिततर्फको क्षेत्रीय प्रतिनिधिका लागि संस्थापन र पौडेल समुहबाट चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले एकमात्रै प्रतिनिधी छनोट हुने भनेपछि  उम्मेदवारी फिर्ता लिएका थिए । आज भएको निर्वाचनमा ओदे कामी, बाघविर दमाई विजयी भएका छन् । 


Author

थप समाचार
x