दल

माओवादी केन्द्र सिन्धुपाल्चोकको १० वटा पालिकामा नयाँ नेतृत्व

इकागज |
मंसिर १२, २०७८ आइतवार १०:१८ बजे

सिन्धुपाल्चोक - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा १२ वटा स्थानीय तह मध्ये  माओवादी केन्द्रले शनिबार एकै दिन नौ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको होे ।

 चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रवती गाउँपालिकामा ६५ सदस्यीय कार्यसमिति चयन भएका छन् तर पदाधिकारी भने टुंगो लागेको छैन् । 


मेलम्ची नगरपालिकामा गोपाल नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ । सम्मेलनबाट उपाध्यक्षमा सिपी दुलाल ,कूष्णजङ तामाङ र शिबराम दंगाल, सचिबमा दिनेश गिरी, सहसचिबमा गिता ढकाल, कोष्ध्यक्षमा सुर्दशन सापकोटा चयन भएका छन् । 

बाह्रबिसे नगरपालिका अधिवेशनले ङिमा शेर्पाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा नगेन्द्र पौडेल, पातली थामी, सचिबमा बिमल राउत ,सहसचिबमा विकेस लामा ,कोषाध्यक्षमा सचिन पाख्रिन चयन भएका छन् ।

बलेफि गाउँपालिकामा गंगाबहादुर तामाङ अध्यक्ष, शंकर कार्की ,लेख बहादुर सुवेदी ,दुर्गा नेपाल उपाध्यक्ष, नारायण पराजुली सचिव र बीरमान तामाङ सहसचिव, राजन पौडेल  कोषाध्यक्षमा चयन भएका छन् ।

हेलम्बु गाउँपालिकामा पेमा ह्यल्मोको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पाँचपोखरी थाङपाल गाँउपालिकामा दोर्जे तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएकोछ । सुनकोशी गाँउपालिकामा अमर लामाको अध्यक्षता तथा  लिसंखुपाखर गाँउपालिकामा राजु लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन  भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए । 


जुगल गाँउपालिकामा  भने शुक्रबार नै अधिवेशन सम्पन्न भईसकेको छ। जसमा अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु, बहादुर गोले, सचिब तुलना घिमिरे सहसचिव जगबहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य चयन भएको माओवादी केन्द्रले जनाएको छ । 

तर भोटेकोशी र त्रिपुरासुन्दरी गाँउपालिकामा भने अधिवेशन हुन अझै सकेको छैन्। संयोजक पराजुलीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिकामा १२ गते र भोटेकोशी गाँउपालिकामा भने १५ गते हुनेछन् ।
 


Author

थप समाचार
x