दल

एमाले १० औँ महाअधिवेशन

नामावलीकाे अध्यक्षमा केपी शर्मा ओलीकाे मात्रै नाम, अरु पद खाली !

इकागज |
मंसिर १२, २०७८ आइतवार २१:५ बजे

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु हुनै लाग्दा विष्णु पौडेलले सहमति भएका नामावलीको प्रिन्ट गरेका छन् । तर सो प्रिन्टमा अध्यक्षमा केपी शर्मा ओलीको नाम मात्रै उल्लेख छ । बाँकी पदमा खाली छ ।

अध्यक्षमा ओलीको नाम लेखेरै प्रिन्ट गरिएको नामावलीमा उपाध्यक्ष, महासचिवको ठाउँ भने खाली छ । सम्भवतः सहमति भएका नाम बन्द सत्रमा प्रस्ताव गरेर पारित गरेपछि मात्रै भर्ने तयारी अनुसार प्रिन्ट गरिएको अनुमान गर्न सकिन्छ । तर ओलीले सर्वसम्मतिको रटान लगाईरहदा पछिल्लो २२ घण्टामा आफ्नो नाममा मात्रै सहमति गरेको पनि देखिन्छ ।


बाँकी भएको भनिएको सहमति प्रिन्टमा नदेखिनुले बन्द सत्रमा साझा रुपमा सहमति भएकाकाे नाम प्रस्ताव गर्ने र सोही अनुसार पारित गर्ने तयारी रहेको देख्न सकिन्छ । बन्द सत्र केही बेरमा सुरु हुँदैछ । पौडेलले बन्दसत्र बाहिर पत्रकार बसेकै ठाउँनेर रहेको कम्प्युटरबाट सहमति भएको भनिएको नामावली प्रिन्ट गरेका हुन् ।

अध्‍यक्षमा ‌‌‌‌ भीम रावलले पनि दाबी गरेका छन् । उनले ओलीले मात्रै सहमति जुटाएकाे भनिएकाे सर्वसम्‍मत नमान्न‍े बताउँदै आएका छन् । यस्‍तै वरिष्‍ठ उपाध्‍यक्ष र महासचिवमा पनि सहमति जुटाउन सकस भइरहेकाे छ ।


Author

थप समाचार
x