दल

एमाले १० औँ महाअधिवेशन

उम्मेद्वारी दर्ता शुल्क : सदस्यको ५ हजार, अध्यक्षको १५ हजार

उम्मेद्वारी दरखास्‍त फारम शुल्क १०० रुपैयाँ !

इकागज |
मंसिर १३, २०७८ सोमबार ०:३७ बजे

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा अन्ततः मतदान हुने भएको छ । दुई दिनसम्म सर्वसम्मतिको रटान लगाएपनि अन्ततः अध्यक्षमण्डलको बैठकले सहमति नभएका पदका लागि मतदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार मनोनयनका लागि मात्रै फारम शुल्क १०० रुपैयाँ तोकिएको छ । यस्तै केन्द्रीय सदस्यका लागि ५ हजार र अध्यक्षका लागि १५ हजार रुपैयाँ रुपैयाँ उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ ।


यस्तै केन्द्रीय पदाधिकारीको लागि १० हजार, केन्द्रीय आयोग अध्यक्षका लागि १० हजार, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यको लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । 

मध्यरातमा शुल्क तिरेर फारम लिँदै उम्मेद्वारी दर्ताका लागि सौराहाको सेभेन स्टार होटलको बन्द सत्र कक्षमा भीड लागेको छ । 


Author

थप समाचार
x