दल

एमाले १० औँ महाअधिवेशन

एमाले महाधिवेशनकाे निर्वाचन कार्यतालिका परिमार्जन

मतदान भोलि राति ९ बजेदेखि

इकागज |
मंसिर १३, २०७८ सोमबार ०:४६ बजे

चितवन - मध्यरातमा मतदानबाट पदाधिकारी छनौट गर्ने निर्णय गरेको नेकपा एमालेको १० औँ महाधिवेशन अध्यक्षमण्डलको बैठकले निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ । मध्यरातमा मनोनयन दर्तादेखि उम्मेद्वारी फिर्तासम्मको कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगले केहीबेरअघि कार्यतालिका परिमार्जन गरेको हो ।

नयाँ निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान ८ बजेदेखि मात्रै मनोनयन दर्तादेखि उम्मेद्वारी दर्तासम्मको काम सुरु हुनेछ । यस्तै मतदान भने सोमबार राती ९ बजेदेखि मंगलबार बिहान ३ बजेसम्म चल्नेछ ।



 


Author

थप समाचार
x