दल

एमाले १० औँ महाअधिवेशन

बन्द सत्रमा ओलीद्वारा केन्द्रीय समितिको नामावली प्रस्तुत

इकागज |
मंसिर १३, २०७८ सोमबार १:२६ बजे

फाइल फोटो

सौराहा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । सौराहमा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।

बन्दसत्रमा उपस्थित प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीले महिला, मधेसी, जनजाति, दलित सबै कलस्टर मिलाएर सर्वसम्मत नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् । ‘अध्यक्ष ओलीले ३०१ जनाको नाम पढेर सुनाउनुभयो । कसैले विरोध गरेको छैन’ एक प्रतिनिधिले भने ।


नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय समितिमा सर्वसम्मत गर्न नामावली छनोट गरेर प्रस्तुत गर्ने अधिकार दिएको थियो । यता केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका घोषणा गरिसकेको छ । न्युजकारखाना 


Author

थप समाचार
x