दल

ध्वनि मत स्वीकार्य छैन : भीम रावल

इकागज |
मंसिर १३, २०७८ सोमवार १:३१ बजे

चितवन – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले केही बेरमा अध्यक्षमा मनोनयन पत्र दाखिला गर्ने बताएका हुन् । 

अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनले जानकारी गराए । उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे । रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिए ।


 ‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उनले भने । न्युजकारखाना


Author

थप समाचार
x