दल

एमाले १० औँ महाअधिवेशन

अध्‍यक्षमा भीम रावलको दाबी, को छन् प्रस्तावक र समर्थक ?

इकागज |
मंसिर १३, २०७८ सोमबार २:२१ बजे

फाइल फोटो

सौराहा - नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन् । यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेन ।

यद्यपि रावलले आफ्नो दाबीसहित भरिसकेको मनोनयन पत्र सार्वजनिक भएको छ । पत्रमा केन्द्रीय कमिटीको अध्यक्षका लागि विधान बमोजिम योग्यता पुगेको उल्लेख छ ।


रावलको उम्मेदवारीको प्रस्तावकमा महादेव बजगाइँ र समर्थन दुधकला विष्टले गरेका छन् । एमालेका दुबै कार्यकर्ता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छन् । रावलको मनोनयन पत्र केन्द्रीय निर्वाचन आयोगले दर्ता गरेर प्रमाणित गर्नेछ । न्युजकारखाना


Author

थप समाचार
x