दल

एमाले १० औँ महाअधिवेशन

ओलीको सूचीमा भीम रावलको आपत्ति

इकागज |
मंसिर १३, २०७८ सोमवार २:३६ बजे

फाइल फोटो

सौराहा - एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको केन्द्रीय सदस्यको सूचीप्रति भीम रावलले आपत्ति जनाएका छन् । रावलले अध्यक्षमण्डलमा छलफल नै नभएको विषय अध्यक्षले बन्द सत्रमा एकलौटी पेश गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो सबै प्रक्रियाप्रति मेरो असहमति छ,’ उनले सौराहा बन्द सत्रमा भने । साथै उनले ओलीले चालेका सबै प्रक्रियामा आफ्नो असहमति रहेको जनाउँदै चुनावमा जाने घोषणा गरिसकेको बताए ।


अध्यक्ष ओलीले बन्लदसत्रमा केन्द्रीय सदस्य र विभिन्न आयोगमा पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए । बन्दसत्रले ती नाम अनुमोदन पनि गरिसकेको छ । ओलीविरुद्ध सुरुदेखि आक्रामक देखिएका रावलले अध्यक्षमा उम्मेद्वारी मनोनयनको फारम भरेका छन् । तर उनको उम्मेद्वारी सोमबार मात्रै दर्ता हुनेछ । 


Author

थप समाचार
x