दल

एमाले १० औँ महाअधिवेशन

कमरेडहरु सुत्न पाउनु भएको छैन, फर्किन गाह्रो छ : भीम रावल

इकागज |
मंसिर १३, २०७८ सोमबार ३:३० बजे

फाइल फोटो

चितवन - एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले आफू पछि फर्किन गाह्रो भएको बताएका छन् । बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी फिर्ता लिन आग्रह गरेपछि जवाफ फर्काउँदै रावलले आफूले उम्मेद्वारी फिर्ता नलिने बताएका हुन् ।

आफूले उम्मेद्वारी घोषणा गरिसकेको भन्दै उनले फर्किन गाह्रो भएको बताए । ‘कमरेडरू सुत्न पाउनु भएको छैन। मैले उम्मेदवारी घोषणा गरेको छु,’ ओलीलाई जवाफ फर्काउँदै रावलले भने, ‘फर्किन गाह्रो छ । फारम भर्नु होला ।’



Author

थप समाचार
x